नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत २२–हलेसी तुवाचुङ नगरपालिकाले २० आमा समूहलाई मिल वितरण गरेको छ । चालु आर्थिक वर्षको विनियोजित दश लाख बजेटबाट कुटानी पिसानी मिल खरिद गरी चैत २२ गते वितरण गरेको हो ।
महिलाहरूको स्वास्थ्यलाई ध्यानमा राखेर मिल वितरण गरिएको नगरप्रमुख विमला राईले बताइन् । ‘महिलाहरू बल काममा बडी जोतिनु पर्ने र त्यसले स्वास्थ्यमा समेत असर पर्ने भएकाले सहजताका लागि कुटानी पिसानी मिल दिइएको हो ।’ राईले भनिन्–‘टोल–टोलमा मिल राखेर कुटानी पिसानीको सुविधा लिन्छन् ।’
यो मिलमा धान, मकै, कोदो, मसला लगायतका उपभोग्य वस्तु कुटानी पिसानी गरिने नगरप्रमुख राईले सुनाइन् । यसअघि पनि आमा समूहलाई मिल वितरण गरिएको थियो । यहाँका दुई सय ७ आमा समूहमध्ये ६० प्रतिशत आमा समूहलाई मिल वितरण गरिसकेको राईले बताइन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित