च्यास्मिटारमा घरमा आगलागी हुदा १२ लाख बराबरको क्षति

  • प्रकाशित मितिः चैत 21, 2080
  • 583 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत २१–हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारको एक घरमा आगलागी भएको छ । चैत २१ गते मध्यन्ह १२ बजेतिर स्थानीय टेकबहादुर राईको घरमा आगलागी हुदा १२ लाख बराबरको क्षति भएको हो ।
राईको ढुङ्गा–माटोले बनेको फुसको छाना भएको घर जल्दा एक तोला सुन, ५० तोला चाँदी, अन्नपात, भाँडावर्तन, लत्ताकपडा, दुई वटा गुवाली, दुई वटा बाख्रा जलेर नष्ट भएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित