नयाँ वर्षमा चखेवामा महोत्सव आयोजना गरिने

  • प्रकाशित मितिः चैत्र १५, २०८०
  • 219 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत १५–खोटाङ र भोजपुरको सिमानामा रहेको पर्यटकीयस्थल चखेवामा नयाँ वर्षको अवसरमा महोत्सव आयोजना गरिने भएको छ । टेम्केमैयु गाउँपालिकाको सहयोगमा चखेवा बजार तथा शहरीकरण व्यवस्थापन समितिको आयोजनामा बैशाख १ देखि ३ गतेसम्म कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव आयोजना गरिने भएको हो ।
टेम्के मैयु गाउँपालिका उपाध्यक्ष रमा राईका अनुसार प्रदेशको सशर्त अनुदान अन्तरगत दश लाख रूपैयाँबाट महोत्सव आयोजना गरिने बताइन् । स्थानीय उत्पादन लगायत विभिन्न परम्परागत सामग्री महोत्सवमा राखिने चखेवा व्यवस्थापन समितिका सदस्य विवेक कुलुङले बताए । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति, साहित्यिक व्यक्तित्वहरूको साहित्य प्रस्तुति, कविता प्रतियोगिता लगायत समेत हुने आयोजकले जनाएको छ । उक्त महोत्सवमा मुन्दुम पदमार्गको प्रबद्र्धनका लागि वृतचित्र समेत प्रदर्शन गरिने भएको छ ।
उक्त कार्यक्रममा साहित्यिक प्रस्तुति तथा ख्याती कमाएका कलाकारहरूको प्रस्तुति रहने कुलुङले सुनाए । कुलुङका अनुसार ज्ञानमणि नेपाल, गणेश रसिक, बुलु मुकारुङ, वसन्त मुकारुङ, श्रवण मुकारुङ, शुभ मुकारुङ, राजन मुकारुङ, पारस मुकारुङ, दिनेश बान्तवा, अम्मर बान्तु, कविता राईलगायत ख्याती कमाएका श्रष्टाहरूको समेत प्रस्तुति रहने छ । त्यस्तै दयाहाङ राई, भीषण मुकारुङ, कमलीकान्त भेटवाल, सुनिता थेगिम, बबिना किराती, चन्द्रकला राई, फुलन्देको आमा उमेश राई लगायतको प्रस्तुति रहने कुलुङले जनाए ।


तस्बिर सौजन्य : विवेक कुलुङ

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित