यस्तो पो जन्म दिवस

  • प्रकाशित मितिः चैत १४, २०८०
  • 620 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत १४–जन्तेढुङ्गा गाउँपालिकाका एक स्वास्थ्यकर्मीले शैक्षिक सामग्री वितरण गरेर जन्म दिवस मनाएका छन् । जन्तेढुङ्गा गाउँपालिकाको कार्यालयमा कार्यरत सिनियर अहेव पवनराज पोखरेलले आफ्नो ४० औं जन्मदिनको अवसरमा जन्तेढुङ्गा गाउँपालिका–५ खुटास्थित जनज्योति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका हुन् ।
गाउँपालिका अध्यक्ष अरुणादेवी राईका अनुसार उक्त विद्यालयका ५२ विद्यार्थीलाई झोला, कापी र डटपेन दिएर चैत १३ गते जन्म दिवस मनाएका हुन् । जन्म दिनको अवसरमा ४० हजार रूपैयाँ बराबरको शैक्षिक सामाग्री वितरण गरेको गाउँपालिका उपाध्यक्ष खेमबहादुर खड्काले बताए । ‘खानपान, भोजभतेर जस्ता फजुल खर्च गरेर भन्दा सामाजिक क्षेत्रमा गरिएको लगानीले उत्प्रेरणा जगाएको छ ।’ खड्काले भने–‘यसको सिको सबैले गर्नु पर्ने अवस्था छ ।’
कर्मचारीहरूमा सामाजिकप्रति उत्तरदायी बन्नुपर्छ भन्ने धारणाले शैक्षिक सामग्री वितरण गरिएको पोखरेलले बताए । ‘मदिराजन्य लगायतका अन्य फजुल खर्च गर्नुको साटो शैक्षिक सामग्री वितरण गरिएको हो ।’ उनले भने–‘कर्मचारीहरूमा सामाजिकप्रति उत्तरदायी बन्नु पर्छ भन्ने धारणा पनि विकास होस् भनेर यसो गरिएको हो ।’

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित