सविना अछामे–
खोटाङ, चैत १०–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा डल बनाउँने तालिम समापन भएको छ । घरेलु तथा साना उद्योगको दुई लाख र वडाको एक लाख रूपैयाँको लागतमा १५ दिने डल बनाउँने तालिम सम्पन्न भएको हो ।

उक्त तालिममा २० जनाको सहभागिता थियो । वडाअध्यक्ष महेन्द्रबहादुर राईको अध्यक्षतामा भएको समापन कार्यक्रम निवर्तमान अध्यक्ष तथा राप्रपा खोटाङका अध्यक्ष ललितकुमार राईको प्रमुुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा कार्यपालिका सदस्य मिना कार्की वडासदस्य खड्गबहादुर राई, विष्णुकुमार श्रेष्ठ, रेखा रुम्तेल, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख भोजराज खत्री, सन्तोष भट्टराई लगायतको सहभागिता थियो । उक्त तालिममा सानो टेडी, पान्डा, हात्ती ,कुकुर, पानको पात, कुशन, चारपाटे, टोपी वाला डल लगायतका विभिन्न प्रकारका डल निर्माण गरी आयआर्जन गर्ने शीप सिकेको वडा दलित महिला सदस्य रेखा रम्तेलले बताइन् ।

प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित