नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत ८–दिप्रुङ चुइचुम्मा गाउँपालिकामा पाठेघरको समस्या झेलिरहेका महिलाहरूको उपचारका लागि अस्पताल लगिएको छ । गत माघ ७ देखि १५ गतेसम्म वडै पिच्छे प्रजनन् स्वास्थ्य रुग्नतासम्वन्धी स्क्रिनिङ शिविर आयोजना गरी पाठेघर समस्या पहिचान भएका १६ जना बिरामीलाई थापाथलीस्थित प्रसुतिगृहमा लगिएको हो ।
स्क्रिनिङ शिविरमा पहिचान भएका १७ मध्ये एक जना भने छुटेका छन् । व्यक्तिगत कामका लागि भारत गएकोले १६ जनालाई मात्र अस्पताल पु¥याइएको गाउँपालिका उपाध्यक्ष अरुणा थापा मगरले बताइन् । उपचारका लागि गाउँपालिकाले निःशुल्क उपचार गरिदिने उनले सुनाइन् । उनीहरूको शल्यक्रिया नै गर्नु पर्ने उनले बताइन् । उपचारका लागि उपाध्यक्ष थापामगर, सिनियर अनमी निरीक्षक चन्द्रमायाँ राई महिला विकास निरीक्षक ओमसरा राई लगायत थापाथली पुगेका छन् ।
उनीहरूको प्रारम्भिक स्वास्थ्य जाँच समेत गरिसकेको मगरले बताइन् । उनीहरूको पाठेघारको मुखको पानीको जाँचको रिपोर्ट भने आउन हप्ता दिन लाग्ने अस्पतालले जनाएको छ । जाँच गरिएका विरामीमध्ये आठ जनालाई उच्च रक्तचाप र एक जनालाई थाइराइडको समस्या देखिएकाले थप रगत परीक्षण गर्ने तयारी गरिएको छ । सबै परीक्षणको रिपोर्ट आएपछि शल्यक्रिया गर्ने टुङ्गो लाग्ने छ । एक जनाको भने पाठेघरको मुखमा घाउ देखिएकाले घाउ निको भएपछि मात्र उपचार हुने छ ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, फागुन २–गैरसरकारी संस्था म�... ... ...
सविना अछामे–खोटाङ, फागुन १–नेकपा माओवादीका उप�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन १–दिक्ते�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २९–खोटेहाङ �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २९–अहिलेको �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित