नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत ८–मलामी गएर फर्कदै गरेका ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका ५१ वर्षीय रणबहादुर पोखरेलको मृत्यु भएको छ । दूधकोसीबाट बालुवा लिएर ऐसेलुखर्कबजार जादै गरेको न ४ त ७८०६ नम्बरको ट्याक्टरमा चढेका पोखरेललाई ओर्लने क्रममा चैत ७ गते साँझ त्यही ट्याक्टरले किचेको हो ।
घर नजिकै आएपछि ओर्लन खोज्दा ट्याक्टरले किचेको र प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा उपचारको क्रममा चैत ७ गते साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले बताए । पोखरेलको शव प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमै पोष्टमार्टम गर्ने तयारी गरिएको कार्कीले सुनाए ।
सोलुखुम्बु थुलुङ दूधकोसी गाउँपालिका–९ का चालक २० वर्षीय ओमराज तामाङ, रावाबेसी गाउँपालिका–१ कुभिण्डेका २० वर्षीय प्रकाश बिसङ्खे र ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका १६ वर्षीय पेशल राईलाई प्रहरीले नियन्त्रणमा लिएको कार्कीले जनाए । उनीहरूलाई अनुसन्धान गरी दोषीलाई कारबाही प्रक्रिया बढाइने समेत कार्कीले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित