विद्युत सर्ट भएर जालपामा दुई जले

  • प्रकाशित मितिः चैत्र ७, २०८०
  • 175 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत ७–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा विद्युत सर्ट भएर दुई घर जलेर नष्ट भएको छ । चैत ७ गते साडे १ बजेतिर विद्युत सर्ट हुदा भीम राई र उनका बुवा भगत राईको एक–एक घर जलेर नष्ट भएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीका अनुसार भगत राईको जस्ता पाताले छाएको दुई तले घर जल्दा अन्नपात, लत्ताकपडा, कागजपत्र जल्दा करिब तीस लाख बराबरको क्षति भएको छ । त्यस्तै भीम राईको जस्ता पाताले छाएको दुई तले घर जल्दा अन्नपात, लत्ताकपडा, भाँडाकुडा, कागजपत्र सहित अन्दाजी तीस लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित