यूएइ पठाएर अलपत्र पार्ने मेनपावर कम्पनीलाई सात दिनभित्र लिखित जवाफसहित उपस्थित हुन वैदेशिक रोजगार विभागको निर्देशन

  • प्रकाशित मितिः चैत्र ६, २०८०
  • 169 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत ६–यूएइ पठाएर अलपत्र पार्ने मेनपावर कम्पनीलाई वैदेशिक रोजगार विभागले सात दिनभित्र लिखित जवाफ सहित उपस्थित हुन चैत ६ गते पत्र काटेको छ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका परशुराम राई र राजकुमार राईको उद्धारका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको र प्रशासनले वैदेशिक रोजगार विभागलाई पत्राचार गरेपछि उक्त विभागले काठमाडौंस्थित मेची इन्टरनेशनल ओभरसिज प्रालिलाई लिखित जवाफ सहित उपस्थित हुन पत्र काटेको हो ।
उक्त मेनपावर कम्पनी मार्फत माघ २७ गते परशुराम र फागुन ११ गते यूएइ पुगेका राजकुमारले कामदार करारनामा अनुसार काम र तलव सेवा सुविधा नपाएको र एक सातादेखि भोकै बस्नु परेको भन्दै उनीहरूलाई उद्धार गर्न माग गर्दै निवेदन परेको खोटाङका प्रमुख जिल्ला अधिकारी प्रवित्रप्रकाश साहले बताए । उनीहरूले उक्त मेनपावर कम्पनीलाई एक लाख दश हजार रूपैयाँ तिरेर यूएइ पुगेको आफन्तले बताएका छन् ।
उनीहरूलाई मेनपावर कम्पनीले क्लिनरको काम लगाउने भन्दै फरक–फरक मितिमा युनिक स्टार जेनेरल सेक्युरिटी गार्ड सर्भिस र नूर अल अफसा जेनेरल क्लिनिक सर्भिस कम्पनीमा लगिएको थियो । तर संझौताअनुसार कम्पनीमा नलगी सप्लाइमा फरक–फरक काम लगाउने, नियमित काम नदिने, काम गरेको पैसा पनि नदिएको भन्दै आफन्तले प्रशासनमा उद्धारको माग गरेका थिए ।
कामदार करारनामा अनुसार काम र पारिश्रमिक नपाउदा खोटाङका दुई जना सहित सुर्खेतका भविष्य जिमी, पाल्पा तिनाउका देवसिं सुनारी, उदयपुरका किशोर खत्री र मानबहादुर कार्की, गुल्मी मुसिकोटका हिमाल सरतुङ्गे, कालिकोटका जितेन्द्र शाही, नवलपरासीका सुनिल श्रेष्ठ, मोरङ्का करण सरदार र पदम नेपाल, तेह«थुमका लक्ष्मीप्रसाद दुलाल, दैलेखका मानबहादुर शाही, झापाका मिश्रीलाल दास, धादिङका तिलकबहादुर सुनार, सिन्धुपाल्चौकका खड्कबहादुर श्रेष्ठ, गोरखाका आशबहादुर गुरुङ, नुवाकोटका लाक्पा तामाङ र कपिलवस्तुका मनोज थारु ऋलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित