आदिवासी जनजाति युवा महासंघको अध्यक्षमा भूपेन्द्र किराती

  • प्रकाशित मितिः चैत ५, २०८०
  • 581 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, चैत ५–आदिवासी जनजाति युवा महासंघ अध्यक्षमा भूपेन्द्र किराती चयन भएका छन् । आदिवासी जनाजति युवा महासंगको दोस्रो अधिवेशनले अध्यक्षमा राईलाई चयन गरेको हो ।
चैत ४ गते जिल्ला समिक्षालय हलमा सम्पन्न अधिवेशनले महिला उपाध्यक्षमा जमुना मगर, उपाध्यक्ष तेन्जी शेर्पा, सचिव टिकाराम श्रेष्ठ, सहसचिव सजना भुजेल, कोषाध्यक्ष अन्जली राई छानिएका छन् । त्यस्तै सदस्यहरु आकृति भुजेल, सन्देका राई, ङयी शेर्पा, रहिता राई दिर्पा राई, याङधी शेर्पा, मिनाक्षी राई चयन भएका छन् ।
आदिवासी जनजाति युवा महासंगको केन्द्रीय उपाध्यक्ष शुभलाल राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा आदिबासी जनजाति महासंघको जिल्ला अध्यक्ष फुर्वा शेर्पा, किरात राई यायोखा जिल्ला अध्यक्ष जमानसेर राई (युग्सन), हातिराम राई, सप्तमणि राई, डार्विन चाम्लिङ, उदिम राई लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित