‘टेम्के तुवाचुङ पुरस्कार’ सन्तोष राई र बम बानियालाई दिइने

  • प्रकाशित मितिः चैत्र ५, २०८०
  • 100 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, चैत ५–टेम्के तुवाचुङ प्रतिष्ठान खोटाङले दुई प्रतिभालाई ‘टेम्के तुवाचुङ पुरस्कार’ प्रदा गर्ने घोषणा गरेको छ । प्रतिष्ठानले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका चित्रकार सन्तोष राई ‘सन्जोश’ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका कवि बम बानिया“लाई प्रदान गर्ने घोषणा गरेको हो ।
प्रतिष्ठानले चैत ४ गते दिक्तेलमा पत्रकार सम्मेलन गरेर चित्रकार राईलाई ‘टेम्के तुवाचुङ पुरस्कार २०७८÷०७९’ प्रदान गर्न लागिएको जानकारी दिएको हो । उक्त पुरस्कारको राशी ११ हजार १११ रुपैया“ हुने छ । उक्त पुरस्कार आगामी चैत १० गते मुढेस्थित मुन्दुम होटलमा कार्यक्रम गरी प्रदान गर्ने कार्यक्रम तथ गरिएको टेम्के तुवाचुङ प्रतिष्ठानका अध्यक्ष भोगेन एक्लेले बताए । बानिया“लाई अघिल्लो वर्ष प्रदान गर्ने भनिएको पुरस्कार प्रदान गर्न लागिएको प्रतिष्ठानले जनाएको छ । पुरस्कार प्रदान कार्यक्रममा जिल्लाका श्रष्टाहरुले आपसमा सिर्जना सुन्ने–सुनाउने छन् ।
प्रतिष्ठानले जिल्लामा भाषा, कला, साहित्य, गीतसंगीत, खेलकुद लगायतका क्षेत्रमा विशेष योग्दान पु¥याउने उत्कृष्ट एक प्रतिभालाई छनौट गरेर हरेक वर्ष ‘टेम्के तुवाचुङ पुरस्कार प्रदान गर्दै आएको छ । यसअघि २०७२ मा कबि चन्द्रू रानोह“छा, २०७३ मा सितोरियो कराते खेलाडी सञ्जयकुमार राई, २०७४ मा गायिका राधा राई र २०७५ मा मुर्तिकार रोजन राईलाई टेम्के तुवाचुङ प्रतिभा प्रदान गरिसकेको छ ।
हङकङमा बसोबास गरिरहेका नेपाली साहित्यकारको पहलमा २०७० सालमा स्थापना गरिएको अक्षय कोषबाट प्रतिष्ठानले विभिन्न विधाका प्रतिभालाई वार्षिक रुपमा पुरस्कृत गर्दै आएको छ । हाल अक्ष्य कोषमा ८ लाख जम्मा भइसकेको अध्यक्ष एक्लेले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित