भोजपुरको हतुवागढीमा आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु

  • प्रकाशित मितिः चैत्र ३, २०८०
  • 99 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
भोजपुर, चैत १—हतुवागढी ७ पिप्लेमा चैत १ गते आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको जलेर मृत्यु भएको छ । स्थानीय केदार कार्कीको गोठमा दिउँसो आगलागी हुँदा त्यहाँ खेलिरहेका एकै परिवारका ७ वर्षीया दिपशिखा कार्की, ५ वर्षीय प्रनिश कार्की र ३ वर्षीय दियुनिष कार्कीको जलेर मृत्यु भएको हो ।
मृतक बालबालिका केदार र उनका भाइ रमेशका छोराछोरी भएको प्रहरीले जनाएको छ । आगलागीको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चैत १ गते नै भोजपुरकै टक्सार बजारमा आगलागी हुँदा ७ घर र १० गोठ जलेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित