प्रलेसको अन्तरक्रिया

  • प्रकाशित मितिः माघ २७, २०७५
  • 1930 पटक पढिएको
  • संवादताता

सविना अछामे-
खोटाङ, माघ २७–जिल्लाका प्रगतिशील लेखकहरु बीच ‘प्रगतिशील लेखन विषयक’ अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । माघ २६ दिक्तेलबजारस्थित पुष्पलाल स्मृति भवनमा प्रगतिशील लेखक संघ जिल्ला कार्य समितिले आयोजना गरेको एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
अखिल नेपाल लेखक संघको केन्द्रीय उपाध्यक्ष डा.धनप्रसाद सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्लाका ३५ जना लेखकहरुको सहभागिता रहेको संघको जिल्ला अध्यक्ष चित्र सुवेदीले बताए । प्रलेसका पूर्व जिल्ला अध्यक्ष हेमबिक्रम राई, राष्ट्रिय परिषद् सदस्य वेदीकुमार राई लगायतका लेखकहरु सहाभागी कार्यक्रममा तथा नेकपाका केन्द्रीय सदस्य दुर्गाजयन्ती राई, नेकपा एमालेका जिल्ला अध्यक्ष ववी चाम्लिङ, नेकपाका नेता जलशेर राईको समेत उपस्थिती थियो ।
अन्तरक्रिया कार्यक्रममा प्रगतिशील लेखन तथा साहित्यको बारेमा प्रमुख अतिथि डा.सुवेदीले लामो प्रस्तुति गरेका थिए । प्रगतिशील साहित्य तथा लेखनवारे सहभागीहरुको चासो तथा जिज्ञासाबारे सुवेदीले प्रष्ट पारेका छन् ।
प्रलेस खोटाङले प्रत्येक महिना प्रतिभा प्रवाह कार्यक्रम गर्ने जनाएको छ । संघले मुखपत्र प्रकाशनको समेत तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित