खोटाङको धितुङमा जङ्गलमा लागेको डढेलोबाट सल्किएर दुई घर, गोठ र चौपाया जलेर नष्ट

  • प्रकाशित मितिः चैत ३, २०८०
  • 532 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत ३–हलेसी तुवाचुङ नगरपालिका–८ धितुङको चौतारा सामुदायिक वनमा चैत ३ गते दिउसो लागेको डढेलोबाट सल्किएको आगोले स्थानीय ज्ञानमायाँ राई र देवराज राईको एक–एक घर, गोठ र चौपाया लगायत धनमाल जलेर नष्ट भएको छ । यसबाट करिब ३५ लाख बराबरको धनमाल क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीका अनुसार ज्ञानमायाँ राईको घर सहित एक वटा गोठ, तीन वटा खसी, पाँच वटा बाख्रा, एक वटा गोरु, अन्दाजी १५ मुरी बराबरको मकैको थाक्रा, दश मुरी धान, दाल, कोदो, गहत गरी पाँच मुरी, काठपात, लत्तकपडा, भाँडाकुडा जलेर नष्ट भएको छ । त्यस्तै देवराज राईको एउटा मुण्डा घर सहित चार वटा खसी, ६ वटा पाठापाठी, एक माउ बाख्रा, ८ मुरी मकै, काठपात जलेर नष्ट भएको कार्कीले बताए । त्यसैगरी इश्वरमायाँ राईको गोठ पनि जलेर नष्ट भएको छ । कार्कीका अनुसार करिब ३५ लाख बराबरको क्षति भएको छ । उक्त सामुदायिक वनमा लागेको डढेलो पूर्ण रूपमा नियन्त्रणमा आइनसकेको वडाअध्यक्ष टेकराज राईले बताए ।
तस्बिर सौजन्य : विमला राई (हलेसी तुवाचुङ नगरपालिका प्रमुख)

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित