नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत २–सार्वजनिक लिखत कसुरमा एक जना पक्राउ परेका छन् । हलेसी महादेव गुठी समितिको अध्यक्ष भएर विभिन्न निकायमा पत्राचार गरेको आरोपमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका ३८ वर्षीय मनोज गिरी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीका अनुसार हलेसी महादेव गुठी समितिको लेटरप्याडमा हलेसी मन्दिर व्यवस्थापन समितिले हलेसीको चल अचल सम्पत्ति कब्जा गरेको भन्दै बुझाउन भनि मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राई, जिल्ला प्रशासन कार्यालय खोटाङ लगायतका निकायमा पत्राचार गरी सार्वजनिक लिखत कसुर गरेकाले पक्राउ गरिएको हो । गिरीलाई चैत १ गते पक्राउ गरी जिल्ला अदालत खोटाङमा पाँच दिनको म्याद थप गरी अनुसन्धान बढाइएको कार्कीले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित