नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन ३०–दिप्रुङ चुइचुम्मा गाउँपालिकामा जङ्गलमा फागुन ३० गते लागेको डढेलोबाट सल्किएको आगोले एक घर र तीन मतान र एक गोठ जल्दा लाखौको क्षति भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित ठूलोभीर सामुदायिक वनबाट सल्किएको आगोले स्थानीय जीवन राई, ताराकुमार राई, जीतबहादुर राईको लाखौ बराबरको धनमाल नष्ट भएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङको विवरण अनुसार जीवन राईको पाँच लाख बराबरको घर मतान, ७५ हजार बराबरको भाँडाकुडा, नगद १५ हजार, अन्नपात जलेर नष्ट भएको छ । ताराकुमार राईको गोठ, पचास हजार बराबरको दुई वटा खसी, जीतबहादुर राईको लत्ताकपडा, नगद ७५ हजार, तीन तोला चाँदी, चार तोला सुन, अन्नपात, एक लाख बराबरको पाँच वटा खसी, १५ हजार बराबरको दुई वटा बाछा, सोलार ब्याट्री दुई थान, नवसंस्कृति युवा समाजको करिब दुई लाख बराबरको भाँडावर्तन, एक लाख बराबरको बाजाको सामान, घर गरी पन्ध्र लाख बराबरको क्षति भएको छ ।
सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा नेपाल प्रहरी, गाउँ प्रहरी र स्थानीय जुटिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित