दिप्रुङ चुइचुम्मा गाउँपालिकामा डढेलोले घर, मतान, गोठ जल्यो

  • प्रकाशित मितिः फाल्गुन ३०, २०८०
  • 119 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन ३०–दिप्रुङ चुइचुम्मा गाउँपालिकामा फागुन ३० गते जङ्गलमा लागेको डढेलोबाट सल्किएको आगोले एक घर र तीन मतान र एक गोठ जलेर नष्ट भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित ठूलोभीर सामुदायिक वनबाट सल्किएको आगोले स्थानीय जीवन राईको घर मतान, सुवाश राईको मतान तथा गोठ र तारा राईको मतान जलेर नष्ट भएको हो ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पिएस्पी चाम्लिङका अनुसार आगोले चार वटा खसी, पाठा–पाठी लगायत मरेका छन् । अन्य खसी–बाख्रा समेत जलेको तर विस्तृत जानकारी आउँन बाँकी छ । डढेलोले बतासेको खिसाका, ढाँडेलाई चारैतिरबाट घेरेको चाम्लिङले बताए । स्थानीय, प्रहरी, गाउँ प्रहरी लगायतले डढेलो नियन्त्रणको प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित