सविना अछामे-
खोटाङ, माघ २७–‘हलेसी’ साईनो स्टार छैटो चरणमा प्रवेश गरेको छ । माघ २६ गते दिक्तेलमा भएको लोक राउण्ड अडिसनबाट १६ जना प्रतिभा छनौट भएका हुन् ।
उक्त अडिसनबाट छनौट प्रतिभाले आगामी फागुन ११ गते हुने छैटौ अडिसनमा भाग लिने छन् । माघ २६ गतेको अडिसनमा सोलुका बालकृष्ण राई, खार्मीकी बिना राई, प्रदीप राई, नुनथलाका युवराज राई, दिप्रुङ चुइचुम्मा गाउ“पालिकाका संग्राम राई, रावावेसी गाउ“पालिकाका स्काइ भरत मगर, महादेवस्थानकी क्यूमिला राई, विनोद राई, ओखलढुङगाका पर्शुराम गजमेर, बुइपाकी प्रणिसा विक, बराहपोखरीका सोम मगर, रोजिना राई, इन्द्रेणीपोखरीकी एनिस एन्जल राई, बाहुनीडाडा“की करिस्मा राई, विजयखर्कका पुस्कल राई र चिसापानीका दिनेश राई छनौट भएका हुन् ।
पा“चौ अडिसनका निर्णायक गायिका राधा राई र गायक रेवत राई थिए । पा“चौं अडिसनबाट सुरु भएको भोटिङ सिस्टम निरन्तर रहने आयोजकले जनाएको छ । भोटिङको ४०, निर्णायकको ६० अंककोे आधारमा नतिजा घोषणा गरिनेछ । पुस ९ गतेदेखि आयोजना गरिएको प्रतियोगिताका प्रथमले नगद ५५ हजार ५ सय ५५, गीत रेकर्डिङ, एक वर्ष संगीत कक्षा र प्रमाणपत्रका साथमा ट्रफि प्राप्त गर्ने छन् । यस्तै दोश्रो नगद ३० हजार, एक वर्ष संगीत कक्षा, प्रमाणपत्र, ट्रफि र तेश्रोले १५ हजार नगदसहित एक वर्ष संगीत कक्षा, प्रमाणपत्र र ट्रफि पाउने छन् ।
प्रतियोगिताको पहिलो पुरस्कार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दोश्रो शरद ज्वेलरी र तेश्रो पुरस्कार गायक पशुपति शर्माले प्रायोजन गरेको आयोजकले जनाएको छ । यस्तै गायक तथा संगीतकार डि आर अटुले प्रतियोगितका प्रथम, गायक रेवत राइले दोश्रो र गायक नवीन रहपालले प्रतियोगितमा तेश्रो हुनेको निःशुल्क गीत रेर्कड गराई दिनेछन् । पा“चौ जिल्ला स्तरीय अडिसन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालको प्रमुख आतिथ्यमा भएको थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १९–भिरबा�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित