खोटाङमा दादुरा–रुबेला विरुद्धको खोप सुरु

  • प्रकाशित मितिः फागुन २९, २०८०
  • 540 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, फागुन २९–खोटाङका बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप फागुन २९ गतेदेखि दिन सुरु गरिएको छ । सन् २०२६ सम्ममा दादुरा–रुबेला विारण गर्ने नेपाल सरकारको अभियान अन्तरगत खोटाङका सरकारको अभियान अन्तरगत नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई यो खोप दिन थालिएको हो ।
खोप चैत ३ गतेसम्म लगाइने स्वास्थ्य कार्यालय खोटाङका ११ हजार पाँच सय १६ बालबालिकालाई खोप दिइने स्वास्थ्य कार्यालय खोटाङका क्षयकुष्ट सुपरभाइजर सुरेन्द्रकुमार बुढाथोकीले जनाएको छ । अभियानका लागि जिल्लका १० स्थानीय तहमा तीन सय ९७ वटा खोप केन्द्र निर्धारण गरिएको छ । प्रतिखोप केन्द्र एक–एक जना खोप कार्यकर्ता खटाइएको छ । त्यस्तै प्रत्येक खोप केन्द्रमा दुई–दुई जनाका दरले सात सय ९४ जना स्वयम्सेवक खटाइएको छ । खोप छुटेका बच्चाको द्रुत सर्वेक्षणका लागि तीन सय ९४ जना जनशक्ति परिचालन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । दादुरा रुबेलाबाट संक्रमित एकजनाबाट १८ जनासम्मलाई संक्रमण सर्ने भएकाले यसलाई कोभिड भन्दा खतरनाक सङ्क्रामक रोग भनिन्छ ।
स्वाप्थ्य कार्यालयका अनुसार केपिलासगढी गाउँपालिका आठ सय ७१, ऐसेलुखर्क गाउँपालिकाका आठ सय ३०, रावाबेसी गाउँपालिकाका सात सय १७, हलेसी तुवाचुङ नगरपालिकाका एक हजार नौ सय ६२, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका दुई हजार नौ सय ३१, साकेला गाउँपालिकाका छ सय ८२, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका एक हजार ८२, खोटेहाङ गाउँपालिकाका नौ सय ७३, जन्तेढुङ्गा गाउँपालिकाका सात सय ६९ र बराहपोखरी गाउँपालिकाका सात सय जना बालबालिकालाई खोप दिने तयारी गरिएको छ ।
दादुरा मिजल्स भाइरसको कारण अति छिटो सर्ने सङ्क्रामक रोग हो । दादुरा– रुबेलाको सङ्क्रमण भएको अवस्थमा बालबालिकालाई ज्वरो आउने, शरीरमा रातो बिमिरा देखा पनेर्, नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा राता हुने, आँखा पाक्ने रुघाखोकी लाग्ने लगायतको लक्षण देखा पर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित