डढेलोबाट सल्किएको आगोले घर जल्यो

  • प्रकाशित मितिः फाल्गुन २७, २०८०
  • 106 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, फागुन २७–डढेलोबाट सल्किएको आगोले हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका सुमित्रा राईको दुई वटा घर र मतान जलेर नष्ट भएको छ । स्थानीय असोजे सामुदायिक वनमा लागेको डढेलोबाट सल्किएको आगोले दुई घर र मतान जल्दा करिब दुई लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीका अनुसार फागुन २६ गते दिउसो साडे तीन बजेतिर आगो लाग्दा दुई तले दुई वटा घर र एक तले एउटा मतान जलेर नष्ट भएको हो । यसबाहेक एउटा गोठ समेत जलेर नष्ट भएको छ । आगो नियन्त्रण गर्ने क्रममा स्थानीय भविन राई घाइते भएका छन् । आगो निभाउने क्रममा धुरीबाट झरेर बाया“ खुट्टा र दाया“ खुट्टा भा“चिएको र जिल्ला अस्पतालमा प्राथमिक उपचार गरी काठमाडौं पठाइएको कार्कीले बताए । उनलाई घटनास्थलबाट प्रहरीको गाडीबाट जिल्ला अस्पताल पु¥याएको र प्राथमिक उपचारपछि आइतबार विहान काठमाडौं पठाइएको कार्कीले बताए ।
आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा ११ जना, इलाका प्रहरी कार्यालय हलेसीबाट प्रहरी निरीक्षकको कमाण्डमा ९ जना, प्रहरी चौकी बुइपाबाट २ जना, प्रहरी चौकी नुनथलाबाट २ जना, प्रहरीचौकी अर्खौलेबाट २ जना गरी २८ जनाको टोली र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको कार्कीले बताए ।
ऐसेलुखर्क गाउ“पालिका–१ राखावाङ्देलका मदन दाहालको घरमा पनि आगोलागी भएको छ । घर नजिकै रहेको गोठमा गाइ–वस्तुका लागि खोले पकाउने क्रममा सल्किएको आगोले दाहालको ढुङ्गा माटोले पर्खाल र टिनको छाना भएको तीन तले घर जलेर नष्ट भएको छ । उक्त घटनामा गुवालीमा राखिएको दुई वटा बाख्रा समेत जलेर मरेको प्रहरीले जनाएको छ । दाहालको घरमा आगोलागीमा नगद ७० हजार, लत्ताकपडा, भा“डाकु“डा, खाद्यन्न, कागजपत्र लगायत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित