हलेसीमा धुमधामले शिवलिङ्ग पहिराइयो

  • प्रकाशित मितिः फाल्गुन २६, २०८०
  • 169 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन २६–त्रिधार्मिकस्थल हलेसीमा शिवरात्रीको अवसरमा शिव लिङ्ग पहिराएर शिवरात्रीको पूजाआराधना समापन गरिएको छ । फागुन २५ गते राती पन्चेबाजाका साथ महन्त पूजारीले शिवलिङ्गमा गरगहना पहिराएर शिवरात्रीको पूजाआराधना समापन गरिएको हो ।
यो वर्षको शिवरात्रीमा भारत, चीन, भुटान, जापान, थाइल्याण्ड लगायतका देश–विदेशबाट हजारौं तीर्थालु आएको हलेसी विकास समितिका कार्यकारी निर्देशक सम्मरबहादुर भुजेलले बताए । शिवरात्रीको अवसरमा विहानैदेखि तीर्थालुले लाइन लागेर पूजाआराधना गरेका छन् । तीर्थालुको भिड शनिबार पनि उत्तिकै रहेको भुजेलले बताए । यातायातको सुविधा भएपछि पहिल्लो समय तीर्थालुको संख्या बढेको भुजेलको भनाई छ ।
शिवरात्रीको अवसरमा सम्पूर्ण मानव जातिको कल्याण होस् भनि पूजाआराधना गरिएको भुजेलले बताए । हिन्दू, बौद्ध र किराती संस्कृति सहित त्रिधार्मिक स्थलको रुपमा प्रख्यात हलेसीमा महादेव, बसाहा, पञ्चवती, ककनी, भैरवथान, कालिकाथान, मुरधुम गुफा, मारतीका गुम्बा लगायत तीर्थालुका लागि आकर्षणको केन्द्रविन्दु मानिन्छ । हलेसी गैरीगुठका बाघबंशी राईले शिकार खेल्ने क्रममा महादेवगुफा पत्ता लगाएको बढापाकाहरुको भनाई छ । विक्रम सम्वत १८६१ सालमा गिर्वाणयुद्ध विक्रम शाहले हलेसीका मनोहर गिरीलाई ताम्रापत्रमा लेखी महन्त पूजारीको जिम्मेवारी दिएको पाइन्छ । यसबाहक गौतमबुद्धले यही गुफामा तपस्या गरेकाले विश्वका बुद्धमार्गीहरु समेत विद्या प्राप्तिका लागि आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित