नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन २५–जिल्ला अस्पताल खोटाङमा स्वास्थ्य बिमा कार्यक्रममा सहभुक्तानी प्रणाली कार्यविधि फागुन २५ गतेदेखि लागू गरिएको छ । सहभुक्तानी प्रणाली कार्यान्वयन भएपछि सेवाग्राहीले पनि उपचारमा लाग्ने कुल खर्चको १० प्रतिशत व्यहोर्नु पर्ने भएको हो ।
स्वास्थ्य बिमा कार्यक्रम अन्तरगत कार्यविधि २०८० कार्यान्वयनका लागि स्वास्थ्य बिमा बोर्डको पुस ९ गतेको पत्रानुसार माघ १ गतेदेखि लागू गरे पनि दिक्तेल अस्पतालमा भने फागुन २५ गतेदेखि लागू गरिएको अस्पतालका निमित्त कार्यालय प्रमुख डा. पुस्कल राईले बताए ।
अति विपन्न परिचय पत्र पाएका, ७० वर्षमाथिका जेष्ठ नागरिक, अति अशक्त अपाङ्गताको परिचयपत्र (रातो कार्ड) भएका, महिला स्वयम् सेविका, एचआइभी एड्स संक्रमित, जटिल किसिमका क्षयरोगी, कुष्ठरोगीले भने सहभुक्तानीको पैसा दिनु नपर्ने डा. राईले बताए । यसबाहेक अन्यको हकमा भने ओपीडी टिकट, औषधी, जाँचमा लाग्ने डा.राईले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित