महिला हिंसा अन्त्यको माग गर्दै गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र

  • प्रकाशित मितिः फाल्गुन २४, २०८०
  • 105 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन २४–महिला हिंसा न्यूनीकरणको माग गर्दै अखिल नेपाल महिला संघ खोटाङले प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रीलाई फागुन २४ गते ज्ञापनपत्र बुझाएको छ । अपराधीलाई दण्ड, पीडितलाई न्याय र क्षतिपूर्तिको व्यवस्थालाई प्रभावकारी बनाउन खोटाङका प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश साहमार्फत गृहमन्त्री रवि लामीछानेलाई ज्ञापनपत्र बुझाएको हो ।
घटना नै नहुने वातावरण सिर्जना गर्न र घटना भएको खण्डमा तत्काल प्रभावकारी न्यायका लागि आवश्यक कदम चाल्न ध्यानाकार्षणका लागि ज्ञापनपत्र बुझाइएको अनेमसंघ खोटाङकी संयोजक धनकुमारी श्रेष्ठले बताइन् । ‘जिल्लामा भएका महिला हिंसा लगायतका अन्यका घटना बढ्दै गएको छ ।’ उनले भनिन्–‘यस्ता घटनाहरुलाई अन्त्य गर्न सम्वन्धित निकायलाई बारम्बार ध्यानाकर्षण गराउँदै आइए पनि दोषीमाथि कारबाही हुन सकेको छैन, त्यसैले ज्ञापनपत्र बुझाइएको हो ।’
ज्ञापनपत्रमा समाजमा महिलालाई हेर्ने दृष्टिकोण फरक रहेकाले महिलाहरु अझै पनि कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार, बेचबिखन, ओसारपसारका साथै संस्कृति र परम्पराका नाममा हुने हिंसा भोग्न बाध्य रहेको उल्लेख छ । आधुनिक प्रविधिको प्रयोगका माध्यमबाट हुने हिंसा आदिबाट अझै पनि पीडित भएको, कतिपय सन्दर्भमा समाजका संवेदनहीन क्रियाकलापबाट पनि महिला तथा बालिकाहरुले बाँच्न पाउने अधिकारबाट वञ्चित भएको विज्ञप्तीमा उल्लेख छ ।
महिलामाथि हुने घरेलु हिङ्सा, जबरजस्ती करणी तथा करणी उद्योगका घटना, हत्या, बोक्सी आरोपका घटना, मानव बेचबिखनका घटना, बहुविवाह, बाल विवाहका, जातीय छुवाछुत र अवैध गर्भपतनका घटना समाजमा बढ्दै गएको ज्ञापनपत्रमा उल्लेख छ । पारिवारको इज्जत, असुरक्षा, उजुरी गर्दा सास्ती खेप्नु परेको, सामाजिक दबाबका कारण कतिपय घटनाहरू प्रहरी समक्ष नपुगेको ज्ञापनपत्रमा उल्लेख छ ।
महिला बिरुद्ध हुने हिंसा नियन्त्रण र न्यूनीकरणका लागि संवैधानिक तथा कानूनी व्यवस्था भए पनि अनुसन्धान प्रक्रियामा ढिलासुस्ती र कानून कार्यान्वयनमा आएको उदासिनताले पीडितले न्याय पाउन नसकेको ज्ञापनपत्रमा छ । महिला तथा किशोरीहरुको बलात्कारपछि हत्याका प्रकरणहरु बढिरहेको, विद्यालय, घर, कार्यालय, सार्वजनिकस्थल कतै पनि महिला तथा किशोरीले सुरक्षाको अनुभूति गर्न नपाएको लगायतका विषय ज्ञापनपत्रमा समेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित