खोटाङ ऐसेलुखर्क ज्यामिरेकी १५ वर्षीया बलिकाको मोरङ शनिश्चरेमा हत्या

  • प्रकाशित मितिः फाल्गुन २२, २०८०
  • 158 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, फागुन २२–ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरे सल्लेकी १५ वर्षीया सन्जना भन्ने ज्ञानमती थुलुङ राईको मोरङमा हत्या भएको छ । मोरङको पथरी शनिश्चरे नगरपालिका–७ स्थित दाजु विनोद राईको घरमा बस्दै आएकी राईको फागुन २१ गते राती हत्या भएको हो ।
उनलाई राती १० बजेतिर सौचालय जाने क्रममा धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको मोरङ प्रहरीले जनाएको छ । घटनामा संलग्न मोरङ ग्रामथान गाउँपालिका–४ का ३८ का धिरेनकुमार खाँ चौधरी फागुन २२ गते बिहान साडे दुई बजे मोरङ बेलबारी नगरपालिका भाउन्नेस्थित पूर्व–पश्चिम राजमार्गको जङ्गल क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।
घटनाको जानकारी आउनसाथ इलाका प्रहरी कार्यालय पथरीबाट टोली परिचालन गरिएको थियो । उक्त घटनाको थप अनुसन्धानको लागि राती नै जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीको कमाण्डमा टोली घटना स्थल पुगेको थियो । उक्त घटनाको अनुसन्धानका लागि नेपाल प्रहरी प्रदेश कार्यालय धरान सुनसरीबाट तालिम प्राप्त कुकुर सहितको टोली परिचालन गरिएको थियो ।
मृतक थुलुङ राई विनोदको घरमा बसेर स्थानीय पञ्चालय माविमा कक्षा ७ मा अध्ययन गर्थिन् । अनुसन्धानमा मृतक केही समय अगाडिदेखि एक जना पुरुषसंग प्रेममा रहेको र एक पटक घरबाट भागेकी थिइन् । थुलुङ राईलाई रानी नाका हुँदै जोगवनी तर्फ जाने क्रममा मानब बेचबिखन बिरुद्ध सक्रिय एक गैरसरकारी संस्थाले फेला पारी उद्धार गरी परिवारलाई जिम्मा लगाएको थियो ।
चौधरीले कालिकाको नाममा फेसबुक, इन्ट्राग्राम लगायतका सामाजिक सञ्जाल खोली चलाउँने गरेको समेत खुलेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । चौधरी विगत लामो समयदेखि बाराको जितपुर सिमरा उपमहानगरपालिकामा बस्ने गरेको प्रहरीले जनाएको छ । घटनास्थलमा अनुसन्धान गर्ने क्रममा मृतक लाश भएदेखि पूर्वतर्फ रहेको तरकारी रोप्न तयार गरेको बारीमा छाडेको फुट प्रिन्टहरू लगायतका दशी प्रमाणहरुवाट चौधरी आफै घटनास्थल पुगेर घटना घटाई फरार भएको पुष्टि भएको प्रहरीले जनाएको छ । उनी घटना घटेको चार घण्टापछि पक्राउ परेका हुन् । उनीसंग विस्तृत अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित