नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन २०–संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले मुलुकको निकासका लागि गठबन्धन थप मजबुद बनाउँदै लाने बताएका छन् । दिक्तेलमा प्रेस सेन्टरले फागुन २० गते आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री किरातीले अहिलेको अवस्थामा मुलुकलाई निकास दिन गठबन्धनलाई थप मजबुद बनाउनु पर्ने धारणा राखेका हुन् ।
मन्त्री मण्डलको फेरबदल हुने नहुने भन्ने विषय पत्रकारहरूले राखेको जवाफमा मन्त्री को रहने नरहने भन्दा पनि मुलुकमा रहेको बग्रेल्ती बेथिति, भ्रष्ट्राचारजस्ता विषयलाई अन्त्य गर्नु प्रमुख भएको धारणा राखे । ‘को मन्त्री रहने नरहने भन्दा पनि मुलुकमा रहेको बग्रल्ती बेथिति, भ्रष्ट्राचार अन्त्य गर्नु प्रमुख विषय हो ।’–किरातीले भने–‘अझ मुलुकको स्थायी निकासका लागि राष्ट्रिय सरकारको आवश्यकता देखिन्छ ।’
पहाडी क्षेत्रका विमानस्थलहरुमा नियमति उडान भर्न नसक्ने तर उदयपुर, धरान लगायतका ठाउँहरूमा नयाँ विमानस्थल बनाउने भन्ने विषयमा सोधिएको प्रश्नमा मन्त्री किरातीले भने–‘उदयपुरको जोगिदहमा विमानस्थलका लागि पहिल्यैदेखिको बजेट विनियोजन हुदै आएको र त्यस बजेटलाई उपयोग गर्दै ठाउँलाई संरक्षण गर्ने हो ।’ मन्त्रीले भने–‘धरानमा विमानस्थल बनाउने कुरा चाहिँ आवश्यकताको आधारमा भन्दा पनि चुनावी एजेडानले गर्दा जोड बल गरिएकाले त्यहाँ एअरपोर्ट बन्दैन, किन भने त्यहाँ वानवे रनवे मात्र बन्ने प्राविधिक रिपोर्ट छ र अर्को उदयपुर र विराटनगर नजिकै छ, धरानमा एअरपोर्ट बनाउनु भनेको जनतालाई थप ऋणको भारी बोकाउनु हो ।’
पहाडी क्षेत्रका विमानस्थलहरुमा तीन वटा जहाज खरिद र ग्राउण्डेट दुई जहाज मर्मतका साथै हाल सञ्चालनमा भएको एउटा गरी जम्मा छ वटा भएपछि नियमित उडान भरिने बताए । ऐतिहासिक तथा पुरातात्विक क्षेत्रलाई ध्वस्त पारेर अन्य संरचनाहरु निर्माण भइरहेको, मुन्दुम ट्रेलको योजनाहरु अपूरो रहेको, धार्मिक सहिष्णुता कायम राख्ने विषयमा गरिएको प्रश्नमा नीति तथा कार्यक्रममा समन्वयात्मक एकीकृत विकास मार्फत त्यसलाई व्यवस्थित गर्ने बताए । ‘तर वर्षौदेखि ठग्ने, कप्टी गर्ने प्रवृत्ति भएकाले समस्या भएको हो ।’ उनले भने–‘यसलाई हटाइयो भने परिवर्तन गर्न धेरै समय लाग्दैन ।’
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २३–रावा�... ... ...
सविना अछामे– खोटाङ, मङ्सिर २२-नेर्पा स्पोर्टस् क... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २१–साके�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २०–ऐतिह�... ... ...
दिनेश चाम्लिङ–खोटाङ, मङ्सिर १८–खोटेहाङ गाउँप�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित