नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन १७–कोसी प्रदेश नामाङ्कन भएको एक वर्ष पुगेको दिन फागुन १७ गते पहिचानपक्षधरहरूले दिक्तेल बजारमा विरोध प्रदर्शन गरेका छन् । २०७९ फागुन १७ गते कोसी प्रदेश नामाङ्कन गरिएको भन्दै त्यसलाई कालो दिनको संज्ञा दिदै विरोध प्रदर्शन गरेका हुन् ।
पहिचानको आधारमा कोसी प्रदेशलाई पुनःनामाङ्कन गर्नु पर्ने माग राख्दै प्रदर्शन गरिएको आन्दोलनमा सहभागी सप्तमणि राईले बताए । दिक्तेलको किरातचौकबाट सुरु भएको जुलुस हाटडाडाँमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदेश नम्बर १ पुनःनामाकरण संघर्ष समितिका सदस्य सुमन राईले पहिचानका आधारमा नामाङकन नभइन्जेलसम्म आन्दोलन जारी रहने बताए ।
प्रदर्शनमा जनता समाजवादी पार्टीका किरात राज्य समितिका अध्यक्ष रमेश राई, एकीकृत समाजवादी पार्टीका जिल्ला सचिवालय सदस्य संगीता राई, वाइसीयल नेपालका जिल्ला इन्चार्ज शुभलाल राई, किरात राष्ट्रिय मुक्तिमोर्चाका जिल्ला सचिव सप्तमणि राई, किरात राई यायोक्खाका केन्द्रीय सदस्यहरू अन्जना राई, बिर्सिका राई, हात्तिराम राई, खेलकुल संघ केन्द्रीय सदस्य सन्जयकुमार राई, किरात राई विद्यार्थी संघका केन्द्रीय सदस्य उदीम किराती, किरात राई खेलकुद संघका अध्यक्ष मोहन राई, किरात राई युवा परिचलन समितिका अध्यक्ष निर्मल राई, नेपाल आदिवासी जनजाति महासंघका जिल्ला सचिव एलबी मगर लगायत पहिचानपक्षधरहरूको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, बैशाख १७–दिक्तेल रूपाकोट म�... ... ...
सविना अछामे–खोटाङ, बैशाख १७–खोटेहाङ गाउँपालि�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–अदालत�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १०–दिक्त�... ... ...
सविना अछामे–खोटाङ, बैशाख ९–हलेसी तुवाचुङ नगरप�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित