फुर्दिकुको स्वास्थ्यमा सामान्य सुधार

  • प्रकाशित मितिः फाल्गुन १६, २०८०
  • 211 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन १६–दिक्तेल–रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला गैरीकी फुर्दिकु शेर्पाको स्वास्थ्यमा सामान्य सुधार आएको छ । लगनखेलस्थित मानसिक अस्पतालका निर्देशक डा. अनन्तप्रसाद अधिकारीले फुर्किकुको स्वास्थ्यमा सामान्य सुधार आएको बताएको बताएका हुन् ।
फुर्दिकु भेटघाट गर्न आउने आफन्तसँग सामान्य बोलचाल गर्न सक्ने भएको राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले बताइन् । फुर्दिकुको गत माघ ३ गतेदेखि मानसिक सन्तुलन गुमेपछि माघ १६ गतेदेखि खोरमा थुनिएकी थिइन् । नगरपालिकाले खोरबाट उद्धार गरी आयोगकी अध्यक्ष पराजुलीको पहलमा लगनखेलस्थित मानसिक अस्पतालमा उपचारका लागि पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित