हलेसी महादेव मन्दिर व्यवस्थापन समितिले सात वर्षपछि पूर्णता पायो, अध्यक्षमा गजुरमान राई

  • प्रकाशित मितिः फाल्गुन १६, २०८०
  • 112 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन १६–हलेसी महादेव मन्दिर व्यवस्थापन समितिले सात वर्षपछि पूर्णता पाएको छ । सातवर्ष अघि गठित समिति एकलौटी भएको भन्दै विवादपछि काम गर्न नसकेपछि फागुन १६ गते समितिले पूर्णता भएको हो ।
हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राईका अनुसार हलेसी महादेव मन्दिर व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष गजुरमान राईको नेतृत्वको समय अवधि सकिएपछि हर्कराज राईको अध्यक्षतामा बनेको समिति एकलौटी भएको भन्दै विवाद भएपछि काम गर्न सकेको थिएन । विवादपछि समितिको कार्यालयमा ताला लागेको थियो । उक्त ताला साढे ५ वर्षपछि २०७९ साउन १ गते तत्कालीन उपप्रमुख वर्तमान नगरप्रमुख बिमला राईको समन्वयमा खोलिएको थियो ।


त्यसपछि गुठी संस्थान, नगरपालिका र स्थानीय व्यक्तिहरुबीच छलफल गरेर प्रक्रिया पु¥याएर समितिलाई पूर्ण बनाइएको प्रमुख राईले बताइन् । पूर्णता पाएको समितिमा अध्यक्षमा गजुरमान राई, उपाध्यक्षमा दिलीपराजा गिरी, सचिवमा अग्निराज राई, कोषाध्यक्षमा पवनकुमार परियार सर्वसम्मत छानिएका छन् । त्यस्तै सदस्यहरुमा हर्कराज राई, प्रकाशचन्द्र गिरी, बिमल बस्नेत, रमिला बस्नेत, तीर्था राई, मोहनकुमार कार्कीसहित मालपोत कार्यालय, महादेवस्थानका वडाध्यक्ष वा वडा कार्यालयले तोकेको प्रतिनिधि, किरात राई यायोक्खा र हलेसी मारातिका गुम्बाका एक–एकजना प्रतिनिधि सदस्य रहने छन् । समितिको पदावधि दुई वर्षको रहने छ ।
समितिको प्रमुख सल्लाहकारहरुमा यज्ञराज राई, डिल्ली चाम्लिङ, चमारसिं राई, हरि गिरी र ज्ञानबहादुर भुजेल छन् । समितिले पूर्णता पाएपछि मन्दिर संरक्षण, प्रवद्र्धन गर्न र भेटीघाटीलाई पारदर्शी हुने नगरप्रमुख राईले विश्वास व्यक्त गरिन् । नवगठित समितिलाई महादेवस्थान वडाको कार्यालयमा नगरप्रमुख राई र उपप्रमुख रमेशकुमार राउत लगायतले बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
तस्बिर सौजन्य : विमला राई (नगरप्रमुख)

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित