किसानलाई किवीको विरुवा वितरण

  • प्रकाशित मितिः फाल्गुन १६, २०८०
  • 133 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन  १६–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले किसानलाई किवीको विरुवा वितरण गरेको छ । कृषिको माध्यमबाट समृद्धिको मेसो समात्न किवीको विरुवा वितरण गरेको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राईका अनुसार नगरको माथिल्लो क्षेत्रमा व्यवसायिक किवी खेती गर्ने किसानलाई विरुवा वितरण गरिएको हो । पहिलो चोटी नौ हजार किवीको विरुवा ल्याइएको र त्यसमध्ये करिब आठ हजार वितरण गरिएको छ । अन्य पनि वितरण भइरहेको नगरपालिकाकी कर्मचारी सविता आचार्यले बताइन् ।
यो वर्षको पहिलो चरणमा १३ हजार किवीको विरुवा माग भएको र यसमध्ये नौ हजार ल्याइएको राईले बताए । ‘१६ सय मिटरदेखि माथिका क्षेत्रमा किवी पकेट क्षेत्र बनाएर किसानको आर्थिक समृद्धिका लागि किवी वितरण गरिएको हो ।’ उनले भने–‘आगामी दुई वर्षभित्र एक लाख विरुवा वितरण गरिने छ र यसबाट एक करोड एक करोड किवी उत्पादन गर्ने लक्ष्य छ ।’
किसानले उत्पादन गरेको किवी नगरपालिकाले बजारीकरण गरिदिने लक्ष्य लिइएको राईको भनाई छ । गाउँमै रोजगार सिर्जना गरेर युवालाई विदेश पलायन र बसाइ सराइलाई रोक्ने योजना बनाइएको राईले धारणा राखे ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित