सविना अछामे–
खोटाङ, फागुन १४–मानसिक सन्तुलन गुमेर खोरमा थुनिएकी दिक्तेल रुपाकोट मझुुवागढी नगरपालिका–१३ नुनथला गैरीको २९ वर्षीया फुर्दिकु शेर्पाको उपचार सुरु भएको छ । गत माघ ३ गतेदेखि मानसिक सन्तुलन गुमेर माघ १६ गतेदेखि खोरमा थुनिएकी शेर्पालाई फागुन १४ गते उद्धार गरी लगनखेलस्थित मानसिक अस्पतालमा उपचार सुरु भएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईका अनुसार फागुन १४ गते पौने पाँच बजे अस्पताल भर्ना गरिएको हो । बिरामीलाई बस्ने, खाने तथा औषधि निःशुल्क हुने व्यवस्था मिलाइएको भट्टराईले बताए ।
राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीको परामर्शमा मानसिक अस्पतालका निर्देशक डा. अनन्त अधिकारीसंग कुरा गरेर शेर्पाको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको भट्टराईले सुनाए ।
प्रतिक्रिया दिनुहोस
तीर्थराज भट्टराई- काठमाडौंको व्यस्तता, मन्त्राल�... ... ...
सविना अछामे–खोटाङ, असार ३–खेलकुदको बजेट अनियम�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित