सात दिनकी सुत्केरीको मृत्यु

  • प्रकाशित मितिः फाल्गुन १४, २०८०
  • 2198 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, फागुन १४–उपचार अभावमा एक सुत्केरीको मृत्यु भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ की २३ वर्षीया लक्ष्मी बुढाथोकी बस्नेतको फागुन १४ गते विहान मृत्यु भएको हो ।
जिल्ला अस्पताल खोटाङमा उपचार हुन नसकेपछि रेफर गरिएकी बस्नेतको काठमाडौं लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीका अनुसार फागुन १४ गते विहान ४ बजेतिर मुलकोटमा मृत्यु भएको हो । बस्नेतले फागुन ७ गते जिल्ला अस्पतालमै नर्मल रुपमा छोरीको जन्म दिएकी थिइन् । स्वास फेर्न गाह«ो भएपछि उनलाई फागुन १३ गते जिल्ला अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित