आर्थिक अभावमा उपचार गर्न नसकेपछि खोरमा थुनिएकी फुर्दिकुको उद्धार गरी नगरपालिकाले उपचारमा पठायो

  • प्रकाशित मितिः फाल्गुन १४, २०८०
  • 231 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, फागुन १४–आर्थिक अभावले उपचार गर्न नसकेपछि खोरमा थुनिएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला गैरीकी २९ वर्षीया फुर्दिकु शेर्पाको उद्धार गरिएको छ । मानसिक सन्तुुलन गुमाएकी उनका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उद्धार गरी उपचारका लागि काठमाडौं लगेको हो ।
गत माघ ३ गतेदेखि मानसिक सन्तुलन गुमेपछि माघ १६ गतेदेखि खोरमा थुनिएकी थिइन् । मान्छे देख्नासाथ आक्रमण गर्ने, गालीबेइजत बोल्ने, घर छाडेर हिड्ने गरेपछि खोरमा थुन्नु परेको उनका ६५ वर्षीय बाबु पेमाक्षेतर शेर्पाले बताए । 
खोरमा थुनिएको समाचारहरु आएपछि नगरपालिको उद्धार गरी उपचारको व्यवस्था मिलाएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताए । राष्ट्रिय महिला आयोगसंगको समन्वयमा लगनखेलस्थित मानसिक अस्पतालमा उपचार गरिने भट्टराईले बताए । अस्प्तालले निःशुल्क गर्ने भनेको र यदी खर्च लाग्ने भयो भने पनि आवश्यक खर्चका लागि नगरपालिकाले पहल गर्ने छ भट्टराईको भनाई छ ।


फुर्दिकुलाई २०६७ सालदेखि नै यो रोगले छोएको पेमाक्षेतरले बताए । एसएलसी परीक्षाका लागि तयारी हुदै गर्दा उनलाई यो रोगले छोएको पेमाक्षेतरको भनाई छ । कोरोनाको बेला पनि यस्तै भएको थियो, त्यत्तिखेर पाटन हस्पिटल लगेर ४५ दिन उपचार गरेपछि सन्चो भएको तर अहिले बल्झिएको पेमाक्षेतरले बताए ।
फुर्दिकुलाई आँगनमा खोर बनाएर थुनिएको थियो । खाना, खाजा, सौच सबै खोरमै गर्ने गरेकी थिइन् । फुर्दिकुको यो अवस्थापछि घरपरिवार पीडामा डुबेको छ ।
पछिल्लो समय फुर्दिकुको श्रीमान बितेको करिब साडे तीन वर्षपछि बेथा बल्झिएको ६२ वर्षीया आमा निम्ले शेर्पाले बताइन् । भोजपुर टेम्केमैयु गाउँपालिकाका छिनामखुका दाजाङ शेर्पासंग २०७२ सालमा बिबाह भएको थियो । श्रीमानको मुटुरोगका कारण उपचार गर्दा गर्दै निधन भएको र वर्ष दिने सकिनेसाथ फुर्दिकुको बिराम बल्झिएको निम्लेले सुनाइन् । फुर्दिकुको ६ वर्षीय छोरा संगम छन् । उनी हुर्लुङस्थित जनकल्याण प्राविमा कक्षा ३ मा पढ्छन् । 


उपचारका लागि आर्थिक सहयोग :
नेपाल पत्रकार महासंघ खोटाङ शाखाका सह–सचिव चिसाङ शेर्पाको पहलमा सङ्कलन भएको तीस हजार पाँच सय रूपैयाँ फुर्दिकुका बुवा पेमाक्षेतरलाई हस्तान्तरण गरिएको छ । विभिन्न समाजसेवीहरूले उपलब्ध गराएको रकम नेपाल पत्रकार महासंघ खोटाङ शाखाका पूर्वअध्यक्ष दमन राईले फागुन १४ गते हस्तान्तरण गरेका हुन् ।

तस्बिर सौजन्य : चिसाङ शेर्पा

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित