सविना अछामे-
खोटाङ, माघ २१–हलेसी साइनो स्टारको पाचौ चरणमा २० प्रतिभा प्रवेश गरेका छन् । आगामी माघ २६ गते शनिबार हुने पाचौ चरणको छनौटमा यत्तिका प्रतिभा छनौट भएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार क्युमिला राई, करिश्मा राई, विनोद राई, दिनेश राई, प्रनिषा विश्वकर्मा, पुष्कल राई, जोहनहाङ राई, रोजिना राई, युवराज राई, पर्शुराम गजमेर, प्रदीप राई, बालकृष्ण राई छनौट भएका छन् । त्यस्तै रवीन दियाली, विना राई, सोम मगर, एनिश एन्जल राई, स्काइ भरत मगर, सङ्ग्राम राई, विकाश राई र कन्चन राई छनौट भएका हुन् ।
यसका साथै पाचौं चरणका लागि भोटिङ राउण्ड पनि सुरु भइसकेको आयोजकले जनाएको छ । यो छनौट कार्यक्रमको निर्णायक राई नवीन, पदम थुलुङ थिए । उक्त कार्यक्रम पूर्व सभासद दुर्गाजयन्ती राईको प्रमुख आतिथ्यमा भएको थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी उपप्रमुख विणादेवी राई, ऐसेलुखर्क गाउ“पालिका उपाध्यक्ष पुष्पकला भुजेल, नेकपाका राम दङ्गाल, राप्रपाका नेता तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ का वडा अध्यक्ष ललितकुमार राई लगायतले विशेष अतिथिको आशन ग्रहण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १५–खोटाङ र भ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–जन्तेढु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–चैत १५ गत... ... ...
खोटाङ, चैत १४–जन्तेढुङ्गा गाउँपालिकामा बाँसबाट... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १२–दिप्रुङ �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित