खोटाङमा नेपाल शेर्पा विधार्थी संघ गठन

  • प्रकाशित मितिः फागुन ११, २०८०
  • 605 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन ११–जिल्लामा ‘नेपाल शेर्पा विधार्थी संघ’ जिल्ला कमिटी गठन भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मुढेस्थित मुन्दुम रिसोर्टमा फागुन ११ गते भएको पहिलो जिल्ला भेलाले निमा शेर्पाको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।
जिल्ला कमिटीको उपाध्यक्षमा लक्ष्मी शेर्पा, सचिवमा याङडी शेर्पा, सह–सचिवमा ङकी शेर्पा र कोषाध्यक्षमा फुर्वा शेर्पा सर्वसहमत चयन भएको हो । सदस्यहरुमा तेन्जी शेर्पा, डिलिना शेर्पा, करुणा शेर्पा, मिना शेर्पा, लमी शेर्पा, छेम्जी शेर्पा, डोमा शेर्पा, फुर्ली शेर्पा, डोल्मा शेर्पा, छिरीङ शेर्पा, ढाकिमा शेर्पा र निम्छेकु शेर्पा छानिएका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईको प्रमुख आतिथ्यमा उक्त भेला सम्पन्न भएको हो । कार्यक्रममा नेपाल आदीवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष फुर्वा शेर्पा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङका सह–सचिव चिसाङ शेर्पा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेलका वडा सदस्य पेमा दोर्चि शेर्पा लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित