छुट्टा–छुट्टै ठाउँमा दुई जना मृत फेला

  • प्रकाशित मितिः फाल्गुन ११, २०८०
  • 110 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, फागुन ११–छुट्टा–छुट्टै दुई स्थानमा दुई जना मृत फेला परेका छन् । रावाबेसी गाउँपालिका–३ लामीडाडाँ चिउरीबास बस्ने ६९ को रणबहादुर सार्की फागुन ११ गते विहान र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाकी ५६ वर्षीया उमादेवी परियार अवस्थामा फागुन १० गते मृत फेला परेकी हुन् ।
सार्की १० गते बेलुका रातीसम्म घर नआएपछि आफन्तहरुले खोजी गर्ने क्रममा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले बताए । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइदै गरेको कार्कीले बताए ।
परियार भने परियार छिमेकी जितमान राईको घरमा फागुन १० गते विहान मृत फेला परेकी हुन् । बरण्डामा सुतिरहेको अवस्थामा मृतक भेटिएकी कार्कीले बताए । मादक पर्दाथ सेवन गरी सुत्नुका साथै जाडोले कठाङ्ग्रिएर उनको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको कार्कीले बताए । उनको शव पोष्टमार्टमपछि फागुन ११ गते दाहसस्कार गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित