‘ऐसेलुखर्क गाउँपालिका अध्यक्ष प्रथम भलिबल कप’ चैत ७ गतेदेखि हुने

  • प्रकाशित मितिः फाल्गुन १०, २०८०
  • 157 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन १०–ऐसेलुखर्क गाउँपालिकामा सर्वाधिक राशीको ‘ऐसेलुखर्क गाउँपालिका अध्यक्ष प्रथम भलिबल कप’ आगामी चैत ७ देखि १० गतेसम्म हुने भएको छ । उक्त खेल महिला तथा पुरुष दुबै समूहको हुने भएको हो ।
पुरुषतर्फ प्रथम हुने टिमले दुई लाख नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउँने छ । दोश्रो हुने टिमले एक लाख नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र, तेश्रो हुनेले ५० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र र सान्त्वना हुनेले ३० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने छन् ।
महिलातर्फ प्रथम हुने टिमले एक लाख २५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउँने गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राईले बताए । दोश्रो हुने टिमले ७५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउँने छ । तेश्रो हुनेले ४० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र, र सान्त्वना हुनेले २५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ ।
यसबाहेक उत्कृष्ट सटर, स्पाइकर, डिफेन्डर, ब्लकर, सर्भर, अनुसाशित, उत्कृष्ट कोच लगायत विभिन्न ७ विधाका उत्कृष्टलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित