विद्यार्थीलाई सामुदायिक वनको झोला

  • प्रकाशित मितिः फाल्गुन ९, २०८०
  • 127 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन ९–जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङस्थित बुढाभैरुङ आधारभूत विद्यालयका विद्यार्थीलाई स्थानीय राम्चे बरालथुम्की सामुदायिक वन उपभोक्ता समितिले झोला वितरण गरेको छ । सामुदायिक वनको आम्दानीबाट बालविकास केन्द्रदेखि कक्षा ५ सम्मका ५० विद्यार्थीलाई झोला वितरण गरेको हो ।
सामुदायिक वन महासंघ जन्तेढुङ्गा गाउँपालिकाका अध्यक्ष वीरबल राईका अनुसार सामुदायिक वनको लोगो भएको झोलाको साथमा दुई–दुई थान कापी र दुई–दुई थान डटपेन समेत दिइएको छ । वडाअध्यक्ष सागर राईको प्रमुख आतिथ्य र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूपजीत राईको अध्यक्षतामा फागुन ८ गते भएको कार्यक्रममा उक्त झोला, डटपेन र कापी वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित