लाटकोसेरो तथा हुच्चील उत्सवको रौनक

  • प्रकाशित मितिः माघ १९, २०७५
  • 2295 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, माघ १९–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको जालपामा लाटकोसेरो तथा हुच्चील उत्सव शनिबार सकिएको छ । प्रकृतिको साथी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १२ को आयोजनामा सुक्रबार सुरु उत्सवमा करिब झण्डै दश हजारले अवलोकन गरेका छन् ।
प्रकृति जोगाउ“न मद्दत गर्ने लाटकोसेरो तथा हुच्चील संरक्षण गर्ने उद्देश्यले प्रकृतिको साथी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जालपाले उत्सव आयोजना गरेको हो । उत्सवमा हुच्चीलको स्तम्भ अनावरण, हुच्चील तथा लाटकोसेरोको अस्थायी संग्रहालय अवलोकन, लोपोन्मुख सांस्कृतिक कार्यक्रमहरु संगीनी, हाकपारे, मारुनी, लाखे, साकेला, सालैजो, बालन, भोटेसेला लगायत प्रस्तुत गरिएको छ । लोपोन्मुख खेलहरु गिर, लाथ्रो काट्ने लगायतको पनि प्रदर्शन गरिएको छ । यसबाहेक लोपोन्मुख बाजाहरु मुर्चुङ्गो, पीपीरी, यलम्बर, मादल, बासुरी समेत प्रस्तुत गरिएको छ । उत्सवमा स्थानीय उत्पादनका स्टलहरु समेत प्रदर्शनीमा राखिएको थियो । उक्त उत्सवमा प्रकृतिसम्वन्धी योगदान पु¥याउने विभिन्न व्यक्ति, पत्रकारलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
लोपोन्मुख तर किसानका लागि अति उपयोगी लाटकोसेरो तथा हुच्चीलबारे जनचेतना जगाउ“न र पर्यटन प्रबद्र्धनका लागि उत्सव आयोजना गरिएको मुल आयोजक समितिका संयोजक विकाश राईले बताए । ‘लाटकोसेरो तथा हुच्चील किसानको साथी भएकाले त्यसको संरक्षणका लागि जनचेतना जगाउ“न उत्सव आयोजना गरिएको हो ।’ राईले भने–‘पर्यटन प्रबद्र्धनका लागि पनि उत्सव आयोजना गरिएको हो ।’
आयोजक मध्येका ‘प्रकृतिको साथी’का कार्यकारी निर्देशक राजु आचार्यले लाटकोसेरो तथा हुच्चील पर्यावरणका लागि नभई नहुने पंक्षी भएकाले यसको संरक्षणका लागि उत्सव आयोजना गरिएको बताए । विद्यालय तथा विभिन्न समुदायलाई जनचेतना फैलाउ“न उत्सव आयोजना गरिएको आचार्यले सुनाए । नेपालबाट वार्षिक दुई हजारको हाराहारिमा चोरी निकासी हुने भएकाले पनि संरक्षणमा जुटेको आचार्यले जनाए । यसका लागि सबै निकायको बेलैमा चेतना जाग्नु पर्ने समेत आचार्यले बताए । ‘लाटकोसेरो तथा हुच्चील पर्यावरणका लागि नभई नहुने पंछी हो ।’ आचार्यले भने–‘यसबारे जनप्रतिनिधिदेखि सर्वसाधारणसम्मले बुझ्न जरुरी छ ।’
उत्सवको अवसरमा पा“च बुदे घोषणापत्र समेत पारित गरिएको छ । उक्त घोषणापत्रमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पाइने लाटकोसेरो तथा हुच्चील संरक्षण गर्दै हुच्चीललाई वडा पंक्षी घोषणा गरिएको छ । यसलाई नेपाल सरकारसंग अनुमोदन गराउने उल्लेख गरिएको छ ।
लाटकोसेरो तथा हुच्चील उत्सव प्रत्येक वर्षको फेबु्रवरीको पहिलो सुक्रबार र शनिबार जालपामा मनाउने घोषणा गरिएको छ । स्थानीय सरोकारवाला, जालपा माध्यमिक विद्यालय र ज्योति माध्यमिक विद्यालय अन्तरगत गठित इको क्लबहरुको क्षमता अभिबृद्धि गर्दै प्रकृति संरक्षणमा सहभागी गराउने उल्लेख छ । उक्त वडामा गुलेली निषेधित क्षेत्र घोषणा गरिएको छ । यसक्षेत्रमा पाइने जैविक विविधताको अवथा थाहा नभएकाले चरा, स्तनधारी, उभयचर, वनस्पति लगायतका सम्पूर्ण जैविक विविधताको अध्ययन अनुसन्धान तथा संरक्षणका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र वडा नं १२ जालपाले नियमित रुपमा बजेट विनियोजन गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।
त्सवको उद्घाटन मन्तव्यमा प्रमुख अतिथि विशाल भट्टराईले लाटकोसेरो तथा हुच्चील संरक्षणमा लाग्नु पर्नेमा जोड दिएका छन् । विशेष अतिथि प्रदेशसभा सदस्य राजन राईले लाटकोसेरो तथा हुच्चील संरक्षणका लागि उत्सवले सन्देश दिएको बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित