नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन ६–जिल्लास्थित जनप्रतिनिधिहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जिल्लाका समस्याको विषयमा ध्यानाकर्षण गरएका छन् । रिक्त कर्मचारी, बैदेशिक रोजागरीमा जान चाहनेहरुमाथिको ठगी लगायतका समग्र जिल्लाको समस्याको बारेमा ध्यानाकर्षण गराएका हुन् ।
खोटाङका प्रमुख जिल्ला अधिकारी, इलाका प्रशासन कार्यालय खोटाङ बजार र ऐसेलुखर्कको प्रमुखहरूको व्यवस्था गर्न माग गरिएको प्रतिनिधिसभा सदस्य रामकुमार राईले बताए । ‘जिल्ला प्रशासन कार्यालयमा सहसचिवको दरबन्दी रहे पनि सहायक प्रजिअले काम चलाई रहेको र दुवै इलाका प्रशासन कार्यालयमा समेत नायव सुब्बाले काम गरिरहेकाले दरबन्दी अनुसारको कर्मचारी व्यवस्था गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।’–राईले भने–‘बैदेशिक रोजगारीमा जान चाहनेहरु पनि ठगिएको गुनासो आएकाले यसबारेमा पनि जानकारी गराइएको छ ।’
ध्यानाकर्षणका लागि राई लगायत संविधानसभा सदस्य दुर्गाजयन्ती राई लगायत निर्वाचित जनप्रतिनिधिहरु, नेताहरु लगायतको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित