हुम्लाको नाम्खा गाउँपालिका र खोटाङको हलेसी तुवाचुङ नगरपालिकाबीच मितेरी साइनो

  • प्रकाशित मितिः फाल्गुन ४, २०८०
  • 160 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन ४–हलेसी तुवाचुङ नगरपालिका र हुम्लाको नाम्खा गाउँपालिका बीच मितेरी साइनो गाँसेका छन् । सांस्कृतिक सम्वन्ध कायम गर्ने उद्देश्यले दुई स्थानीय तह बीच फागुन ४ गते मितेरी साइनो जोडेका हुन् ।


ऐतिहासिक ठाउँ कैलाश मानसरोबर नजिकै रहेको हुम्लाको रिङ्छेलिङ गुम्बा लगायतका विभिन्न धार्मिक स्थाल तथा सांस्कृतिक पक्षको धरोहरको रहेको नाम्खा गाउँपालिका र विश्व प्रशिद्ध त्रिधार्मिकस्थल हलेसी तथा किरात ऐतिहासिक थलो तुवाचुङ जायजुम रहेको हलेसी तुवाचुङ नगरपालिका बीच मितेरी साइनो गाँसिएको हलेसी तुवाचुङ नगरपालिकाकी प्रमुख विमला राईले बताइन् । नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाको प्रस्तावमा साइनो जोडिएको राईले जनाइन् । ‘दुई स्थानीय तहबीच सांस्कृतिक साइनो गाँसेर धार्मिक तथा पर्यटन प्रबद्र्धन गर्ने प्रतिबद्धता जनायौं ।’ राईले भनिन्–‘यसले दुई स्थानीय तह बीचको आपसी सम्वन्ध र विकासमा पनि उपलब्धि हासिल हुने छ ।’


मितेरी साइनो जोडिएपछि दुई स्थानीय तहको धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रबद्र्धन गरिने नाम्खा गाउँपालिका अध्यक्ष लामाले बताए । ‘मितेरी साइनो जोडिएपछि सांस्कृतिक पक्ष मात्र होइन, धार्मिक तथा पर्यटकीय क्षेत्रको पनि विकास र प्रबद्र्धन हुने छ ।’– लामाले भने । मितेरी साइनो कार्यक्रममा दुई पालिकाका प्रमुख तथा अध्यक्ष बीच मायाँको चिनो साटासाट गरेका थिए । कार्यक्रममा दुबै स्थानीय तहका वडाअध्यक्षहरूबीच समेत मायाँको चिनो साटासाट गरेका छन् । हलेसी तुवाचुङ नगरपालिकामा भएको मितेरी साइनो कार्यक्रममा दुबै पालिकाका जनप्रतिनिधि, कर्मचारी, करदाता सेवा कार्यालय खोटाङका कर अधिकृत, रावाबेसी गाउँपालिकाका, केपिलासगढी गाउँपालिकाका र चिसंखुगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लगायत अन्य कर्मचारी समेत सहभागी थिए ।

तस्बिर सौजन्य : विमला राई (हलेसी तुवाचुङ नगरपालिका प्रमुख)

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित