नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन २–ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीमा निर्माणाधीन खानेपानी योजनाको रिजर्भ ट्याङ्कीमा अज्ञातद्वारा आगो लगाइएको छ । स्थानीय झाप्री तीनटाट्ने खानेपानी योजनाको निर्माणाधीन ट्याङ्की जलाइएको हो ।
गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राईका अनुसार माघ २९ गते राती अज्ञात व्यक्तिद्वारा जलाइएको हो । दश हजार घनमिटरको ट्याङ्की निर्माणका लागि ठड्याएर भित्रपट्टी बनाइएको पाइपको फर्मा समेत नष्ट भएको छ । आगजनी गर्नेको पहिचान नभएको र संलग्नको खोजी भइरहेको ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका वडाअध्यक्ष भक्त तामाङले बताए ।
आर्थिक वर्ष २०८०÷८१ मा वडाको नौ लाख ९५ हजार रूपैयाँको लागतमा उक्त योजना सञ्चालन भएको हो । यो योजना अन्तरगत पाइपलाइन, दुई वटा रिजर्भ ट्याङ्की, दुई वटा इन्टेक मध्ये १२ हजार घनमिटरको रिजर्भ ट्याङ्की र एउटा इन्टेक निर्माण भइसकेको छ । दश हजार घनलिटरको एउटा रिजर्भ ट्याङ्की र एउटा इन्टेक बन्न बाँकी रहेको वडाअध्यक्ष तामाङले बताए ।
प्रतिक्रिया दिनुहोस
तीर्थराज भट्टराई- काठमाडौंको व्यस्तता, मन्त्राल�... ... ...
सविना अछामे–खोटाङ, असार ३–खेलकुदको बजेट अनियम�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित