नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ २९–खोटेहाङ गाउँपालिकाले जनयुद्ध दिवसको असरमा फागुन १ गते दिएको सार्वजनिक विदा उक्त पालिकाकै वडा–७ खोटाङबजारले भने अस्वीकार गरेको छ । सर्वोच्च अदालत र गृह मन्त्रालयको पत्र अनुसार विदा नगर्ने वडा नं ७ खोटाङबजारका वडाअध्यक्ष शिवप्रसाद फुयालले विज्ञप्तीमार्फत जनाएका हुन् ।

फुयालले माघ २९ गते विज्ञप्ती मार्फत सर्वोच्च अदालतको निर्णय र गृहमन्त्रालयको माघ २९ गतेको पत्रानुसार वडाको कुनै पनि कान नरोकिने उल्लेख गरेका छन् । माघ २९ गते विज्ञप्ती मार्फतै गाउँपालिका अध्यक्ष उदीमबहादुर राईले गाउँपालिकाभरका सरकारी कार्यालय, शैक्षिक संस्था लगायत सरकारी तथा गैरसरकारी निकाय एक दिनका लागि विदा दिने निर्णय गरेको जनाएका थिए । जनयुद्धको जगबाट वर्तमान व्यवस्थाको स्थापना भएकाले गाउँपालिकाले निर्णय गरेरै सार्वजनिक विदा दिइएको तर वडाअध्यक्ष फुयालले जनयुद्धको उपलब्धि स्वरुप वर्तमान व्यवस्थालाई नै स्वीकार गर्न नसकेपछि विदा अस्वीकार गरिएको राईले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित