जनयुद्ध दिवसको अवसरमा गाउँपालिकाले दिएको सार्वजनिक बिदा उक्त पालिकाकै वडा नं ७ ले नमान्ने

  • प्रकाशित मितिः माघ २९, २०८०
  • 203 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ २९–खोटेहाङ गाउँपालिकाले जनयुद्ध दिवसको असरमा फागुन १ गते दिएको सार्वजनिक विदा उक्त पालिकाकै वडा–७ खोटाङबजारले भने अस्वीकार गरेको छ । सर्वोच्च अदालत र गृह मन्त्रालयको पत्र अनुसार विदा नगर्ने वडा नं ७ खोटाङबजारका वडाअध्यक्ष शिवप्रसाद फुयालले विज्ञप्तीमार्फत जनाएका हुन् ।


फुयालले माघ २९ गते विज्ञप्ती मार्फत सर्वोच्च अदालतको निर्णय र गृहमन्त्रालयको माघ २९ गतेको पत्रानुसार वडाको कुनै पनि कान नरोकिने उल्लेख गरेका छन् । माघ २९ गते विज्ञप्ती मार्फतै गाउँपालिका अध्यक्ष उदीमबहादुर राईले गाउँपालिकाभरका सरकारी कार्यालय, शैक्षिक संस्था लगायत सरकारी तथा गैरसरकारी निकाय एक दिनका लागि विदा दिने निर्णय गरेको जनाएका थिए । जनयुद्धको जगबाट वर्तमान व्यवस्थाको स्थापना भएकाले गाउँपालिकाले निर्णय गरेरै सार्वजनिक विदा दिइएको तर वडाअध्यक्ष फुयालले जनयुद्धको उपलब्धि स्वरुप वर्तमान व्यवस्थालाई नै स्वीकार गर्न नसकेपछि विदा अस्वीकार गरिएको राईले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित