विरामीको मृत्युको ११ वर्षपछि त्यसमा संलग्न नक्कली डाक्टर सहित तीन जना पक्राउ

  • प्रकाशित मितिः माघ २९, २०८०
  • 175 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ २९–दिक्तेलको हलेसी पोलिक्लिनिकमा नक्कली डाक्टरले उपचार गर्दा विरामीको मृत्यु भएको ११ वर्षपछि यसमा संलग्न आरोपमा तीन जना पक्राउ परेका छन् । २०६९ फागुन १७ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ का ७२ वर्षीय चन्द्रसेन राईको उपचारको क्रममा भएपछि त्यसमा संलग्न सुनसरी गढी गाउँपालिका–३ मझौका ४१ वर्षीय जिवानन्द मेहता पक्राउ परेका हुन् ।
मेहतालाई माघ २४ गते उनकै घरबाट पक्राउ गरी दिक्तेल ल्याएर तीन दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले बताए । कार्कीका अनुसार मेहताले चिनबाट नक्कली सर्टिफिकेट ल्याएको भन्ने विषयमा अनुसन्धान सुरु गरिएको छ ।
उक्त घटनामा संलग्न आरोपमा हलेसी पोलिक्लिनिकका सञ्चालक सप्तरी बोदेरबर्साइन नगरपालिका–२ बैरियाका ४२ वर्षीय अशोकुमार साह र सप्तरीकै छिन्नमस्ता गाउँपालिका–५ का ४२ वर्षीय महेशप्रसाद साहलाई पनि माघ २८ गते पक्राउ गरी तीनै दिनको म्यादथ प गरी अनुसन्धान सुरु गरिएको कार्कीले सुनाए । चन्द्रसेनको मृत्युपछि उनकी श्रीमती देवीसरा राईले २०६९ चैत १४ गते दिएको किटानी जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरी कर्तव्य ज्यान केसमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित