दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कृषि एम्बुलेन्स् सुरु ग¥यो

  • प्रकाशित मितिः माघ २१, २०८०
  • 403 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ २१–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कृषि एम्बुलेन्स् सुरु गरेको छ । किसानको कृषिजन्य उत्पादन बजारसम्म पु¥याउँन माघ २१ ग्तेबाट कृषि एम्बुलेन्स् सुरु गरेको हो ।
कृषिजन्य उत्पादनलाई बजारसम्म पु¥याएर किसानको जीवनस्तरलाई सुधार गर्न कृषि एम्बुलेन्स् सुरु गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राईले बताए । ‘साधन र बजार अभावका कारण किसानले उत्पादन गर्न नछाडुन् भनेर नगरपालिकाले कृषि एम्बुलेन्स् सुरु गरेको हो ।’ उनले भने–‘किसानले उत्पादन गरेको कृषिजन्य वस्तु बारीबाटै उठाएर बजारसम्म पु¥याउँन सुरु गरिएको छ ।’
राईका अनुसार ‘उपप्रमुखसंग किसान’ कार्यक्रम अन्तरगत यो काम थालनी गरिएको हो । किसानले उत्पादन गरेको कृषिजन्य वस्तुहरू नगरले नै जिम्मा लिएकाले बजारसम्म पु¥याउँन सुरु गरिएको राईको भनाई छ । ‘किसानको काम उत्पादन गर्ने हो, बजारको जिम्मा नगरको हो ।’ राईले भने–‘यसका लागि नगरले दश लाख बजेट विनियोजन गरेको छ ।’
कृषिबाटै समृद्धि हासिल गर्ने उद्देश्यले गत आर्थिक वर्षबाटै विभिन्न प्रकारका कृषिजन्य बिउ–बिजन वितरण गरिएको राईले बताए । खेर गइरहेको जग्गामा जुन बालीको सम्भावना छ त्यसैलाई ठूलो मात्रामा उत्पादन गरी आयआर्जन गर्ने योजनाका साथ काम थालिएको राईको भनाई छ । ‘खेर गइरहेको जग्गामा जे हुन्छ त्यही बाली लगाएर आयआर्जनमा जोड दिने नीति बनाइएको छ ।’ उनले भने–‘स्कुस, किवी, कफी जे हुन्छ त्यही बाली लगाएर ठूलो मार्जिनमा उत्पादन गरी बजारसम्म पु¥याउँने हो ।’
किसानले उत्पादन गरेको सबै कृषिजन्य उत्पादन नगरले नै किन्ने राईको भनाई छ । बजार अभाव नभएपछि सबै किसान कृषिमा जोडिने र यसले आर्थिक समृद्धिमा टेवा पुग्ने राईको दाबी छ । खासगरी युवालाई लक्षित गरी उत्पादनमा जोड दिइएको उनको भनाई छ । कृषिबाट राम्रो आयआर्जन भएपछि युवा विदेश पलायन नहुने र यसले नगर समृद्धिको मेसोमा लाग्ने राईको धारणा छ । ‘हामीले धेरै कुरा गर्नै पर्दैन ।’ राईले भने–‘कृषिमा युवालाई लगाइयो भने नगरबासीले समृद्धिको मेसो समातिहाल्छन् ।’
नगरले कृषि एम्बुलेन्स् सुरु गरेको पहिलो दिन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ११ खार्मीस्थित ‘सोती बहुउद्देश्यीय कृषक समूह’ले उत्पादन गरेका कृषि उत्पादन सदरमुकाम दिक्तेलसम्म पु¥याएको छ । उक्त कृषि समूहले उत्पादन गरेको आठ सय केजी बन्दाकोभी दिक्तेलका विभिन्न ठाउँमा सञ्चालित तरकारी बिक्री केन्द्रले खरिद गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले बताए ।
नगरपालिकाले निःशुल्क उपलब्ध गराएको बन्दाकोभीको बेर्नाबाट दुई हजार केजीभन्दा बढी उत्पादन भएको समूहका अध्यक्ष हर्कराज राईले बताए । सुरुमा परीक्षणका लागि तीन रोपनी जग्गामा बन्दाकोभीको व्यवसायिक खेती गरेको र यसले राम्रो आम्दानी दिएको उनको भनाई छ । यो वर्षबाट बन्दाकोभी लगायत फूलकोभी, अकबरे खुर्सानी, लसुन, प्याजजस्ता कृषिजन्य उत्पादन सुरु गर्ने राईले बताए । सामुहिक रुपमा शुरुवात गरिएको तरकारी खेतीलाई व्यवसायिक रुपमा विकास गर्दै लैजाने राईको सुनाए । कृषि एम्बुलेन्स नगरका १५ वटै वडामा निःशुल्क रुपमा सञ्चालन गरिने उपप्रमुख राईले बताए ।
हावापानी र भूगोलअनुसार ब्लक बनाएर कृषिलाई व्यवसायिक रुपमा विकास सुरु गरिएको जैसीले बताए । सुरुमा परीक्षणका लागि बन्दाकोभी, फूलकोभी, ब्रो काउली, प्याज, धनिया, लसुन, खुर्सानी, सिमी, बोडी लगायतका तरकारीको बीउ तथा बेर्ना निःशुल्क उपलब्ध गराइएको जैसीले बताए ।
नगरपालिकाले यो आर्थिक वर्ष कफीको बिरुवा तीन लाख, प्याजको बिरुवा ७० लाख, किवीको बिरुवा ४० हजार र चार लाख बराबरको लसुनको बिउ वितरण गर्ने तयारी गरिएको जैसीले बताए । ‘समग्र कृषि उत्पादनमा करिब ४० लाख बजेट विनियोजन गरिएको छ ।’ राईले भने–‘यसले किसानका लागि निक्कै राम्रो काम गर्न सकिन्छ भन्ने लागेको छ ।’

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित