अण्डर २३ फुटबल प्रतियोगिता फागुन १३ देखि

  • प्रकाशित मितिः माघ १५, २०८०
  • 312 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ १५–सोल्मा स्पोर्टस् क्लवले अण्डर २३ वडास्तरीय पुरुष फुटबल प्रतियोगिता गर्ने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित स्पोर्टस् क्लवको खेलमैदानमा आगामी फागुन १३ गतेदेखि १९ गतेसम्म उक्त प्रतियोगिता गर्ने भएको हो ।
उक्त प्रतियोगिताको बिजेताले एक लाख २२ हजार दुई सय २२ रूपैयाँ पाउने छ । उपबिजेताले ७१ हजार एक सय ११ रूपैयाँ र समिफाइनलिष्ट दुई टिमले ३५ हजार पाँच सय ५५ रूपैयाँ नगद पुरस्कार पाउँने खोटाङ जिल्ला फुटबल संघका अध्यक्ष तथा सोल्मा स्पोर्टस् क्वलका अध्यक्ष ध्रुवविक्रम राईले बताए । यसका लागि तयारी भइरहेको राईको भनाई छ । उक्त प्रतियोगितामा जिल्लाका ७९ वडाले मात्र सहभागी हुन पाउँने छ ।
खेलमा सहभागिता जनाउँने प्रत्यक टिमलाई पाँच हजारका दरले प्रोत्साहन स्वरुप दिइने छ । विजयी टिमलाई थप चार हजार, दोश्रो चरणमा विजयी हुँदा थप पाँच हजार र तेश्रो चरणमा विजयी हुने टिमलाई थप ६ हजार दिइने अध्यक्ष राईले बताए । क्लवले पाँच हजार पाँच सय ५५ राशीको सोल्मा खेलकुद पत्रकारिता पुरस्कार समेत प्रदान गरिने राईले सुनाए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित