हलेसी तुवाचुङमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  • प्रकाशित मितिः माघ १३, २०८०
  • 176 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ १३–हलेसी तुवाचुङ नगरपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगित सुरु भएको छ । उक्त नगरपालिका–१० अर्खौलेको सालपा खेलमैदानमा माघ १३ गते सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले गरेका हुन् । प्रतियोगितामा तीन वटा विधाका ३० वटा इभेन्टमा १४ वटा माध्यमिक विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा हुने नगरपालिकाका खेल प्रशिक्षक मिलन कसजूले बताए । प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने कसजूले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित