नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ १३–हलेसी तुवाचुङ नगरपालिकाले सातौं दक्षिण एसियाली कराते प्रतियोगितामा पदक दिलाउँने करातेका तीन खेलाडीलाई सम्मान गरेको छ । मङ्सिर १७ गते काठमाडौंमा सम्पन्न प्रतियोगितामा स्वर्ण पदक दिलाउँने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी युमासाम राई, रजत पदक दिलाउँने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका रुरीहाङ दुमी र कास्य पदक दिलाउँने हलेसी तुवाचुङ नगरपालिका–७ हलेसी महादेवस्थानका दिपेश राईलाई सम्मान गरेको हो ।

हलेसी तुवाचुङ नगरपालिकामा आयोजित चौथो राष्ट्रपति रनिङलशिल्ड प्रतियोगिताको उद्घाटनको अवसरमा माघ १३ गते कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सम्मान पत्रको साथमा नगद दश हजार सहित दोसल्ला ओढाएर सम्मान गरेका हुन् । युमासामले महिला माइनस् ६८ केजीमा तथा कुमिते समूह फाइटमा स्वर्ण, रुरीहाङले पुरुष सिनियर माइनस् ७५ केजीमा रजत तथा कुमिते समूह फाइटमा पनि रजत र दिपेशले जुनियर ५० केजी तौल समूहमा कास्य पदक दिलाएका थिए ।

प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित