नेता लोभी भएको देशमा जनता खुसी हुदैनन् : मन्त्री गुरुङ

  • प्रकाशित मितिः माघ १३, २०८०
  • 807 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ १३–कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले नेता लोभी भएको देशमा जनता खुसी नहुने बताएका छन् । हलेसी तुवाचुङ नगरपालिकाको अर्खौलेमा माघ १३ गते सुरु राष्ट्रपति रनिङलशिल्ड प्रतियोगिताको उद्घाटन गर्न आएका गुरुङले नेतामा लोभ नभए मात्र देश बन्ने बताएका हुन् ।
‘नेता लोभी भएको देशमा जनता कहिल्यै खुसी भएको देखेको छैन ।’ गुरुङले भने–‘त्यसैले देश बनाउँन राजनीति गर्नेहरु लोभबाट मुक्त हुनु पर्छ ।’ यसका लागि वडाअध्यक्षदेखि प्रधानमन्त्रीसम्म एउटै लक्ष्य लिन आवश्यक रहेको बताए ।
राजनीतिमा लाग्नु भनेको मस्ती, रजगज गर्न नभएर जनताको भविष्य उज्यालो बनाउँने उद्देश्य भएको बताए । यसका लागि आफू सुध्रिनु पर्ने धारणा राखे । राजनीतिमा लाग्नु भनेको रजगज गर्न होइन, बालबालिकाको भविष्य उज्ज्वल बनाउँनु हो, देशको मुहार उज्यालो बनाउँनु हो ।’ मन्त्री गुरुङले भने–‘पहिले आफू सुध्रिनु पर्न, यो यात्रा कठिन पनि छ ।’ कार्यक्रमको उद्घाटन गर्नुअघि मन्त्री गुरुङले हलेसीको दर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित