अख्तियारले हलेसी तुवाचुङ नगरपालिकाबाट कागजात नियन्त्रणमा लियो

  • प्रकाशित मितिः माघ १०, २०८०
  • 216 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ १०–अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हलेसी तुवाचुङ नगरपालिकाको कार्यालयबाट उजुरीसंग सम्बन्धित कागजात नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासको टोलीले माघ १० गते कागजात नियन्त्रणमा लिएको हो ।
नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत कैलाश ठकुराठीका अनुसार केही फाइलहरु लगेको बताए । उनका अनुसार केही फाइलहरु पहिले नै लगिसकेको र अहिले केही फाइलहरु लिएको हो । तर कुन कुन योजनाको कागजात लिएको भन्ने खुलाएनन् । माघ २ गते आयोगको बर्दिबासले दिक्तेलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिकाका विभिन्न २३ योजनामा उजुरी परेको जनाएको थियो । यसमध्ये एउटा उजुरी फछ्र्यौट भएको जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित