नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ १०–अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हलेसी तुवाचुङ नगरपालिकाको कार्यालयबाट उजुरीसंग सम्बन्धित कागजात नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासको टोलीले माघ १० गते कागजात नियन्त्रणमा लिएको हो ।
नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत कैलाश ठकुराठीका अनुसार केही फाइलहरु लगेको बताए । उनका अनुसार केही फाइलहरु पहिले नै लगिसकेको र अहिले केही फाइलहरु लिएको हो । तर कुन कुन योजनाको कागजात लिएको भन्ने खुलाएनन् । माघ २ गते आयोगको बर्दिबासले दिक्तेलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिकाका विभिन्न २३ योजनामा उजुरी परेको जनाएको थियो । यसमध्ये एउटा उजुरी फछ्र्यौट भएको जनाएको थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित