नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ १०–चेक बाउन्समा एक निर्माण व्यवसायी पक्राउ परेका छन् । उदयपुर त्रियुगा नगरपालिका–७ गाइघाट घर भई काठमाडौं महानगरपालिका–७ बस्ने राम्चे निर्माण सेवा सम्बद्ध ४० वर्षीय कल्याण खत्री पक्राउ परेका हुन् ।
खत्रीलाई काठमाडौंको रातो पुलबाट माघ ९ गते पक्राउ गरी त्यसै रात दिक्तेल ल्याइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले बताए । खत्रीलाई माघ १० गते जिल्ला अदालत खोटाङमा सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको कार्कीले जनाए ।
खत्रीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का युवराज बस्नेतलाई राष्ट्रिय वाणिज्य बैंकको रकम नभएको चेक दिएको भन्दै परेको उजुरीको आधारमा पक्राउ गरिएको कार्कीले बताए । २०८० भदौ ५ गते चार लाख २० हजार रुपैयाँको चेक दिएको तर रकम निकाल्न जाँदा खातामा रकम नभएपछि उजुरी परेको थियो । त्यही उजुरीको आधारमा बैंकिङ कसुरमा पक्राउ गरी अनुसन्धान सुरु गरिएको कार्कीले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित